Logo
Logo

नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचनमा हारिएको हो : प्रचण्ड


1.7k
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रकै गुटबन्दीले माओवादी चुनावमा पछि परेको बताएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामलाई लिएर सन्तुष्ट हुन नसकिने बताए ।

उनले भने, ‘१७५ दाबी गरेका थियौँ । तर, १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका समेत गुमाएका छौं ।’ उनले ५० भन्दा बढी पालिका हारेको बताउँदै उनले भने, ‘पार्टीभित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुकै कारण हार व्यहोर्नुपरेको हो ।’ पार्टीभित्र धेरै स्वार्थी गुट रहेको भन्दै उनले भने, ‘नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचनमा हारिएको हो ।’

आफ्नो नेतृत्वमा माÞओवादी एउटै भएपनि भित्रभित्र स्वार्थी गुट रहेको उनको भनाइ छ । ‘म त कर्णालीमा पनि गुटैगुट देख्छु’ उनले भने, ‘भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो ।’

उनले कर्णालीको सिट बाँडफाँटमा भने फुकेर कदम चाल्ने बताए । २०७४ को सिट बाँडफाँटमा केही कमजोरी भएको बताउँदै प्रचण्डले भने, ‘पहिला उदार भएर जे कमी गरेका छौं, त्यो हुन दिइँदैन । प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौं । केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् भन्नेमा छौं ।’

प्रतिक्रिया दिनुहोस्