Logo
Logo

बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध


2k
Shares

चितवन । राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गमा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यपार गर्दै आएका छन् ।

बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

उनले केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जमिन अतिक्रमणमा परेको जानकारी दिए । उक्त जमिनमा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण गरी अतिक्रमण गरिएको हो । बसपार्क भन्दा उत्तरतर्फ रहेको दुई बिघा नौ कट्ठा ११ धुर जमिन अतिक्रमणमा परेको सहअध्यक्ष दवाडीले बताए ।

बोर्डले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खाली गरिदिन पत्राचार गरेको भए पनि कुनै पहल नभएको उनले गुनासो गरे । उनले भने, ‘हामीले महानगर र प्रशासनलाई आग्रह ग¥यौँ, कुनै पहल भएन ।’ विगत एक महिनादेखि यहाँका सङ्घसंस्थामार्फत फुटपाथका व्यापारीलाई अनधिकृत रुपमा खाली जग्गामा बसाउँदै आएकोमा वोर्डको ध्यानाकर्षण भएको उनले बताए । उनले पुनः भरतपुर–९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त खाली गरिदिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्