Logo
Logo

शाखा विस्तारलाई तीव्रता दिँदै सनराइज बैंक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । शाखा विस्तारलाई तीव्रता दिँदै आएको सनराइज बैंकले काठमाडौँको नैकापमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका सञ्चालक समितिका सदस्यहरु ई बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्तरुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका थिए ।

त्यसैगरी बैंकले निजगढमा ११५औँ शाखा सञ्चालनमा ल्याएको छ । गत सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरुपमा शाखा कार्यलयको उद्घाटन गरे । निजगढ नगरपालिकाको उपमेयर लीलादेवी लामिछाने खनालले एटिएमको उद्घाटन गरिन् ।

यता सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष रबीन्द्र लिङ्देन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको एजेन्टरप्रतिनिधि सर्बधन तामाङलाई नियुक्त गरिएको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष लिङ्देनले तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । यी सँगै बैंकको शाखा संख्या ११६ र एटिएम संख्या १३४ पुगेको छ । यसबाहेक ३८ वटा शाखारहित बैंकिङ सेवा र ५ वटा एक्सटेन्सन काउण्टरमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्