Logo
Logo

आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना


819
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

शुक्रबार नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दा मात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाएका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले जनताको ढाड सेकिने गरि मूल्यबृद्धि गरेको र संघर्षमा उत्रनुपरेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा पर्ने असरबारे सरकार मौन रहेको उहाले आरोप लगाए ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्