Logo
Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार काठमाडौँ-६ बाट उम्मेदवार


3.3k
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् ।

विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य थिए । कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उहाँ २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्