काठमाडौं । यस वर्षको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार ‘याक्थुङ साम्जिक मुन्धुम’का संकलक र सम्पादकलाई प्रदान गरिएको छ ।
लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले हरेक वर्ष प्रदान गर्दै आएको ‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ याक्थुङ साम्जिक मुन्धुमका संकलकहरु फेदाङमा पूर्णप्रसाद तबेबुङ, येबा खड्कबहादुर इधिङ्गो, साम्बा स्वर्गीय बुद्धिराज मादेन, फेदाङमा मेघराज इधिङ्गो, युमा भक्तिदेवी फुरुम्बो र सम्पादक डीबी आङ्बुङलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
किरात याक्थुङ चुम्लुङका संस्थापक मञ्जुल याक्थुम्बाको परिवारले स्थापना गरेको उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
किरात याक्थुङ चुम्लुङको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पुरस्कार प्रदान गरेका हुन् ।