Logo
Logo

नेपाल र केन्याबीच दोस्रो एकदिवसीय आज


1.2k
Shares

काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ।

यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ।

हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

केन्या पहिलो हारको बदला लिने योजनासहित मैदान उत्रिनेछ। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भदौ २० गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्