Logo
Logo

गोवा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपालीको मृत्यु


3k
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार शनिबार बिहान बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार नेपालबाट गोवा जाँदै गरेको उक्त बसमा ६० जना नेपाली सवार थिए । महानगुपुर गाउँमा पुग्दा बसको एउटा टायर पन्चर भएपछि बससडक छेउमा रोकेर टायर फेरिरहेको अवस्थामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको समाचारमा जनाइएको छ ।

प्रहरी अधिकारी पुरनेन्दु सिंहका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । समाचारमा उल्लेख भएअनुसार मृतकहरू प्रेम थारू, सीतल थारू र चक्र बहादुर छन् भने एक जनाको सनाखत भएको छैन ।

घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको बताइएको छ । मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्