Logo
Logo

विमानस्थलमै प्रहरीद्वारा यात्रुमाथि कुटपिट


297.9k
Shares


धनगढी । सुरक्षाका लागि खटिएका प्रहरीबाटै धनगढी विमानस्थलमा एक यात्रु कुटिएका छन् ।
कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ ।


उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । उनले पाँच लाख रुपैयाँ बोकेका थिए । सो पैसा लैजान नदिदा उनको जहाज नै छुट्यो ।


पीडित गिरीका अनुसार पछि साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको हो ।
सुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले पछि अरु प्रहरीले पनि कुटपीठ गरे । श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटिएको थियो । कुटेको कुरा बाहिर भने जेल हाल्ने धम्की समेत प्रहरीले दिएको छ । कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले घटनाको विषयमा छानबिन गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्