Logo
Logo

गोरखा-२ अरु कसैले पाउँदैन, स्वतः मेरो : बाबुराम भट्टराई


2.6k
Shares

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा-२ स्वतः आफ्नो भागमा पर्ने दावी गरेका छन् ।

गोरखा-२ बाट निर्वाचन लड्ने तयारी गरेका भट्टराईले भट्टराई नेतृत्व दल नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ । शनिबार गोर्खामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गोरखा-२ स्वतः आफ्नो भागमा पर्ने बताए ।

गोरखा जिल्ला आफ्नो पहिलेदेखिकै निर्वाचन क्षेत्र रहेको र अहिलेसम्म गठवन्धनका दलहरुबीच जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने सहमति भएको उनले बताए ।

त्यसैले गोरखा क्षेत्र नम्वर २ स्वतः आफ्नो भागमा पर्ने उनले बताए । उनी यसअघि गोरखा- २ बाट ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका थिए । उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए । त्यसबेला भट्टराईलाई कांग्रेसको साथ थियो ।

प्रतिक्रिया दिनुहोस्