Logo
Logo

मिडिया काउन्सिल विधेयक पूर्ण प्रेस स्वतन्त्रताविपरीत रहेको भन्दै आपत्ति


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभामा प्रस्तुत मिडिया काउन्सिल विधेयकका केही बुँदा पूर्ण प्रेस स्वतन्त्रताविपरीत रहेको भन्दै श्रमजीवी–पत्रकार संघले आपत्ति जनाएको छ ।  विधेयकमा काउन्सिललाई सरकारप्रति नभई संसद्प्रति उत्तरदायी बनाउने गरि कानुनी व्यवस्था गर्न समेत संघले माग गरेको छ । 

संघका अध्यक्ष जन्मदेव जैसीद्वारा विज्ञप्तिमा भनिएको छ– ‘प्रस्तावित मिडिया काउन्सिल विधेयकमा संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताविपरीत बुँदा समेटिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । पूर्ण प्रेस स्वतन्त्रताविपरीत बुँदाहरू सच्याइनु पर्छ ।’

विज्ञप्तिमार्फत संघले सञ्चारसम्बद्ध सरोकारवालाले दिएका असहमतिका बुँदालाई नजरअन्दाज गर्दै प्रतिनिधि सभामा विधेयक पेश गर्नुले प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार सञ्चार क्षेत्रलाई स्वतन्त्र र स्वायत्त बनाउन सरकार तयार नभएको आरोप लगाएको छ ।

विधेयकमा मिडिया काउन्सिलको स्वतन्त्रता र स्वायत्तता सुनिश्चित नगरिएको, आचारसंहिता र स्वनियमलाई कानुनको रुपमा व्याख्या गर्न खोजिएको, काउन्सिलको सदस्यमा सातवटै प्रदेशको प्रतिनिधित्व ठोस नभएको भन्दै संघले आपत्ति जनाएको छ ।  

संघले विज्ञप्तिमार्फत आफूहरूले उठाएका मागहरु समेटेर विधेयक संशोधन नभए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्