Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

जलवायु संकटकाल घोषणा गर्ने तयारीदेखि नेपालको जितसम्म


945
Shares

१. केन्या भ्रमणमा रहेको नेपालले तीन दिवसीय क्रिकेट श्रृंखला एक खेलअघि नै जित्यो, शनिबार केन्यालाई १७ रनले हराउँदै अन्तिम खेलअघि नै शृंखला आफ्ना पक्षमा पार्न सफल, एक दिवसीय श्रृंखलाको अन्तिम खेल सोमबार हुँदै ।

२. सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड आफै मिलेन, अघिल्लो निर्वाचनमा २३ सिट जितेको कांग्रेसले सय सिट दाबी गर्नु अहंकार मात्र भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, कांग्रेसले धेरै अहंकार गरे एक्लै निर्वाचनमा होमिनुपर्ने हुनसक्ने भन्दै तयार हुन कार्यकर्तालाई निर्देशन ।

३. नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारी, जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने तयारी भइरहेको वन तथा वातावरणमन्त्री प्रदीप यादवको भनाइ, संकटमै पुगेको घोषणा गरिए विश्वको ध्यान खिच्न सकिने विश्वास ।

४. गुणस्तरीय स्वास्थ्य सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा, आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्था सरकारले प्राथमिकतामा राखेको दाबी ।

५. मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने अध्यक्ष केपी शर्मा ओलीको दाबी, जनमत एमालेको पक्षमा रहेकाले जतिसुकै ठूलो गठनबन्धन बने पनि एमालेलाई फरक नपर्ने भनाइ, निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताले नहार्ने विश्वास ।

६. विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, विकास र समृद्धिको संकल्प पूरा गर्न नेपाली जनताले साथ दिने विश्वास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना रहेकाले त्यसैतर्फ ध्यान दिनुपर्नेमा जोड ।

७. सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा जान नपाएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, सरकारले समयमै होसियारीपूर्वक लिएका नीतिहरूका कारण अर्थतन्त्र सकारात्मक सुधार आएको दाबी, बजेटमा निर्यात प्रवर्द्धन गर्न लिइएको नीतिको फाइदा लिन व्यवसायीलाई आह्वान ।

८. नेपाल घुम्नै पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, पर्यटन प्रवद्र्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै भनाइ बाह्रै महिना घुम्न सकिने साँस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड, समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रुपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने धारणा ।

९. मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको भनाइ, आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास, राष्ट्र बैंकको सही निर्णय र नीति लिएका कारण अर्थतन्त्र सही दिशामा अघि बढेको दाबी ।

१०. नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो, अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी, परीक्षण डमीसहितको पाँच हप्ताको ‘पूर्वाभ्यास’ सफल भए अन्तरिक्ष यात्रीले सन् २०२४ मा चन्द्रमाको परिक्रमा गर्न सक्ने ।

प्रतिक्रिया दिनुहोस्