Logo
Logo

५७ हजार नगदसहित बर्दियाबाट १५ जुवाडे पक्राउ


630
Shares

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ माचड चोकबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी, सोमई थारू लगायतलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेकाे हाे।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्