Logo
Logo

गठबन्धनका शीर्ष नेताहरुबाटै भागबण्डा मिलाउने तयारी


3.6k
Shares

काठमाडौं । सत्ता गठबन्धनबीच शीर्ष नेताहरु तहबाटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा सिट बागबण्डा मिलाउने तयारी भएको छ ।

गठबन्धनबीच सिट भागबण्डाबारे सकस भइरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा कांग्रेसका अन्य शीर्ष नेताहरुको समेत उपस्थिति थियो ।

आज भएको छलफलमा कार्यदलबाट पार नलागे सिट भागबण्डा शीर्ष तहमै सहमति जुटाएर गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार आवश्यक परेमात्र कार्यदलका सदस्यलाई छलफलमा बोलाइने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

आजको बैठकमा गठबन्धन दलहरुमा कसको सम्भावना कहाँ छ, र कसलाई टिकट दिँदा जित्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । सिट भागबण्डामा सहमति खोज्न आज दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्