Logo
Logo

लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउबारे पर्यटनमन्त्रीको स्पष्टीकरण


39.5k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छाया सेन्टरका सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि उजुरी दिएको बताएका छन् ।

मन्त्री श्रेष्ठले आफू समय लिएर त्यहाँ गएको र लाइनमै बसेको अवस्थामा सुरक्षा गार्डले दुर्व्यवहार गरेपछि पिएसओले उजुरी दिएको बताएका छन् । क्यानडामा हुने आइकाओको मिटिङमा जानका लागि उनी छाया सेन्टर गएका थिए ।

ती सुरक्षा गार्डले सबैलाई थर्काउँदै आएको र आफ्नो सुरक्षा टोलीले मन्त्री हो भनेपछि उनले आफूलाई मन्त्रीसन्त्री मतलब छैन भन्दै झन् थर्काएको उनले बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ छन् । उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्