Logo
Logo

निर्वाचन लगत्तै प्रणाली बदल्न सडकमा जान्छु : प्रचण्ड


1.3k
Shares

काठमाडौ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए ।

समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि उनले स्मरण गराए

एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीतिक क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने उनले बताए ।

‘कम्युनिस्टहरूलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने । संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ । साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहदेखि नै एउटा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्य मेरो दिमागमा थियो । मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौं, कम्युनिस्ट एकता गरौं, देशमा वामपन्थी जनमत धेरै ठूलो छ । हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजको महानयात्रातिर जान सकिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्