एजेन्सी । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुंगा डुबेको छ ।
डुंगामा ५५ जना सवार थिए । जसमध्ये १० जनाभन्दा बढी हराइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । दुर्घटना शाहपुरको शेरपुर घाटमा भएको हो ।
शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ ।