Logo
Logo

आजदेखि कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न रोक


9.3k
Shares

काठमाडौं । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि सो काम नगर्न गत भदौ २ गतेनै निर्देशन दिएको हो । कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न ]१८ दिनको समय दिएको थियो ।

त्यस्तै, आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरूमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।

आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्