Logo
Logo

आजको मौसम : मधेस र प्रदेश १ मा भारी वर्षा हुने


630
Shares

काठमाडौं । आज प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशको मौसममा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्