Logo
Logo

मनोनयनपछि संसद रहँदैन- प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनयन दर्तापछि संसद नरहने बताएका छन् ।

मंगलबार बिहान धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले संसदको आयु नलम्बिने बताएका हुन् । ‘संसदको आयु एक दिन पनि यताउता नगर्ने भनेर गठबन्धनमा निर्णय भइसकेको छ । मंसिर ४ मा निर्वाचन हुन्छ । त्यसैले मनोनयनपछि संसद रहँदैन, अध्यक्ष प्रचण्डले भने, ‘बीचमा केही प्राविधिक कारणले सचेतकहरूले त्यो सोच्नुभएको रहेछ । आजकै संसदबाट त्यो कुरा फिर्ता हुन्छ ।’

प्रतिनिधिसभाले ५ वर्षमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्वीकारेका छन् । तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनभावनालाई कुल्चिएका कारण सोचेअनुरुप काम हुन नसकको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्