Logo
Logo

प्रवासी मञ्च अमेरिकाको सम्मेलन सेप्टेम्बर १७ देखि


1.4k
Shares

युरोप । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन सेप्टेम्बर १७ देखि हुने भएको छ ।

‘सामाजिक अभियानमा सहभागि बनौ’ भन्ने नाराका साथ सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनको प्रमुख अतिथिका रुपमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आउने कार्यक्रम थियो ।

तर, मंसिर ४ को निर्वाचन तयारीलगायत कारण नेपालले जुममार्फत उद्घाटन गर्ने मञ्चका अध्यक्ष टेक गुरुङले बताए । ‘अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी ससक्त बनाउने भन्नेमा हामी जोड दिन्छौं, उनले भने, ‘त्यस कारण हाइस्कूलमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई पनि प्रोत्साहान गर्न वक्ताका रुपमा राखेका छौं ।’

सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय आयोजक समिति तथा विभिन्न १० विभाग गठन भएका छन् । २५ राज्यबाट सय जना भन्दा बढी प्रतिनिधिले सम्मेलनमा भाग लिने छन् ।

नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्