काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका सडकमा राखिएका फुटपाथ पसल हटाउन थालेको छ ।
यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन आग्रह गरे पनि अटेर गरेपछि महानगरप्रहरीको उपस्थितिमा फुटपाथ पसल हटाउन थालेको हो । महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री नगर प्रहरीले उठाएको छ ।
साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।