Logo
Logo
पाठक पत्र

लथालिङ्ग देशको भताभुङ्ग चाला


त्रिरत्न मानन्धर

48.4k
Shares

हालै पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेका कारण एक सुरक्षा कर्मचारी थुनिएको विषयलाई लिएर सञ्चार जगत र सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा भयो । 
दुर्व्यवहार गर्ने कर्मचारी थुनिएकोमा सबैले पर्यटन मन्त्रीको आलोचना गरे । मैले मन्त्रीको पक्ष लिन खोजेको होइन तर यसको अर्को पाटोबारे कहीँ कतैबाट चर्चा नभएको देखिँदा कोट्याउन खोजेको हुँ ।

पर्यटनमन्त्री आफै भन्दै थिए– ‘म लाइनमै आएको हुँ तर अनाहकमा मलाई दुर्व्यवहार गरियो ।’

पहिलो कुरा बहालवाला मन्त्री भनेको विशिष्ट र अति व्यस्त व्यक्ति हुन् । तसर्थ यस्ता विशिष्ट व्यक्तिहरूको लागि छुट्टै व्यवस्था हुनु पर्ने हो । मन्त्री जस्तो व्यस्त व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्दा उसको पूर्वनिर्धारित कार्यक्रममा कति असर पर्छ रु ती कार्यक्रममा मन्त्रीलाई कुरेर बसेका सयौँ मान्छेको समय समेत बर्बाद हुनेबारे कसैले सोचेको होला रु यो विषय साधारण देखिएपनि गम्भीर छ । 
राज्यबाट माननीय पद प्राप्त एक जना बहालवाला मन्त्रीलाई यसरी दुर्व्यवहार हुनु राम्रो कुरा हो रु यसले देशको शिष्टाचार पद्धतिको ह्रास र अनुशासनहीनतालाई देखाउँदैन रु

यस विषयमा आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी कसको हो रु सेवा प्रदायकको होइन र रु सेवा प्रदायकले यो जिम्मेवारी पूरा गर्न सकेन भने सरकारको जिम्मेवार निकाय के हेरेर बसेको थियो रु यो प्रश्नको जवाफ कसले दिने रु

भिएचएसका काम कुरो कुन मन्त्रालय अन्तर्गत आउँछ उसले आवश्यक व्यवस्था मिलाउनु पर्दैन रु 

सुरक्षा कर्मचारीले मन्त्रीलाई त के सर्वसाधारणलाई पनि दुर्व्यवहार गर्ने छुट छैन । मन्त्रीलाई दुर्व्यवहार गर्ने सुरक्षा कर्मचारीलाई कस्तो तालिम लिइएको होला रु आफ्ना जनशक्तिलाई साधारण शिष्टाचारसमेत सिकाउन नसक्ने त्यो कम्पनीलाई कारवाही गर्नु पर्छ कि पर्दैन रु

एउटा उदाहरण– म ६५ कटेको जेष्ठ नागरिक । मसँग जेष्ठ नागरिकको परिचयपत्र छ । म त्यो परिचय पत्र कमै उपयोग गर्छु । तापनि, साह्रै गाह्रो र अप्ठ्यारो परेको बेला सार्वजनिक यातायात, हस्पिटल, बैंक, एवं अन्य लामो लाइन बस्नुपर्ने परिस्थितिमा म आफ्नो परिचयपत्र देखाउने गर्छु । तत्पश्चात, विशेष ग्राहयताका साथ अग्रस्थान पाउने गर्छु । 

एउटा साधारण नागरिकले त आफ्नो परिचय दिए पछि छुट्टै व्यवहार पाउँछ भने एक बहालवाला मन्त्रीले आफ्नो परिचय दिँदा दिँदै त्यस्तो दुर्व्यवहार गर्नु के जायज हो रु

के यो ‘लथालिङ्ग देशको भताभुङ्ग चाल’को संकेत होइन न रु यो घटनालाई साधारण रुपमा नलिई सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायले गम्भीर रुपमा लिने आसा लिएको छुँ ।

त्रिरत्न मानन्धर
बल्खु, काठमाडौं

प्रतिक्रिया दिनुहोस्