Logo
Logo

‘इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण’


567
Shares

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन् ।

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातका अवसरमा बुधबार हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त–अर्मूत संस्कृतिको प्रचार गरेर पर्यटकलाई आकर्षण गर्न सकिने बताए । मुलुकको सांस्कृतिक धरोहरका रुपमा रहेको इन्द्रजात्राको विशिष्ट स्थान रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

‘विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका छन् । यसलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने सरकारको योजना छ,’ उनले भने ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिगों ठड्याइएपछि इन्द्रजात्रा शुरुवात भएको छ । ८ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ ।

जात्रा पर्व संचालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्