काठमाडौं । नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।
आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । उनको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी छ ।
बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू बसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् । अहिले जो पहिलो नम्बरमा एआइजी हुन्छ, उसलाई चैतमा आइजिपी हुन सहज हुने भएकाले बढुवामा अस्वस्थ चलखेल सूरु भइसकेको छ ।