Logo
Logo

कांग्रेसको अस्वाभाविक दाबीले गठबन्धनमा सिट बाँडफाँट अझै अन्योल


12k
Shares

काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटमा नेपाली कांग्रेसले अस्वाभाविक दाबी गर्दा पाँच दलीय गठबन्धनमा सहमति जुट्न सकेको छैन । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २३ सिट जितेको कांग्रेसले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको छलफलमा १०० सिट दाबी गरेको छ । कांग्रेसले अहंकार देखाउँदा सिट संख्यामा कुरा मिल्न नसकेको आरोप लाग्ने गरेको छ ।

२०७४ को निर्वाचनमा प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसले ९०, ३६ सिट जितेको नेकपा (माओवादी केन्द्र)ले ४५ सिट र प्रत्यक्ष निर्वाचित १३ सांसद भएको नेकपा (एकीकृत समाजवादी)ले कम्तिमा २६ सिट पाउनुपर्ने विषयमा पछिल्लो छलफल केन्द्रित छ ।

२०७४ को संसदीय निर्वाचनको जनमतका आधारमा सिट बाँडफाँट गर्ने र एमालेले जितेका स्थानमा भागबन्डा गर्नु सबैभन्दा उत्तम विकल्प भन्ने विषयमा गठबन्धबाट गठित समितिमा छलफल हुने गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) गठनको विशेष परिस्थितिबारे गठबन्धनका दलहरूले हेक्का राख्दै राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको योगदानलाई ख्याल गरेर न्यायोचित ढंगले सिट बाँडफाँट हुनुपर्ने एकीकृत समाजवादी भन्दै आएको छ ।

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा पाँचदलीय गठबन्धन र कार्यदलको बैठक बारम्बार बस्दै आएको छ । नेताहरूले सहमति नजिक पुगेको दाबी गरेका छन् तर, ठोस सहमति अझै हुन सकेको छैन । 

समय लम्ब्याउने र स्थानीय तह निर्वाचनको जस्तै आफू अनुकुल गठबन्धन गर्न खोज्ने प्रवृत्ति प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि कांग्रेसले देखाउन सक्ने अन्य दलको आशंका रहेको छ । 

एकीकृत समाजवादीले सम्मानजनक रुपमा सिट बाँडबाँड नभए देशभर उम्मेदवार उठाउने तयारी गरेको छ । देशभरबाट एकीकृत समाजवादीका उम्मेदवार सिफारिस भइसकेका छन् । नेकपा माओवादीले पनि कांग्रेसले धेरै सिट मागे कांग्रेस बाहेकको गठबन्धन बन्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्