Logo
Logo

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै शीर्ष नेतालाई प्रतिवेदन बुझाइने


819
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

मन्त्री कार्कीका अनुसार कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको र आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेतालाई बुझाइने मन्त्री कार्कीले बताए ।

पाँच दलीय सत्ता गठबन्धनबीच मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ। त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन साउन २० गते कार्यदल गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्