झापा । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।
भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथी छ । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।