Logo
Logo

गठबन्धनको बैठक दुई घण्टा सर्‍यो


6.3k
Shares

काठमाडौ । सत्ता गठबन्धनको बैठक दुई घण्टा सरेको छ । अहिले दिउँसो १ि बजे तय भएको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अब ३ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटका लागि सहमतिको खाका बनाउन कार्यदलको बैठक जारी रहेकाले शीर्ष नेताको बैठक सारिएको कार्यदलका एक सदस्यले बताए ।

उनका अन्ुसार निर्वाचन क्षेत्रबारे अझै कुरा मिल्न सकेको छैन । कार्यदलबाट सिटबाँडफाँटबारे सहमति जुट्न नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । गठबन्धनका शीर्ष नेता तहबाटै सिट बाँडफाँटलाई टुंगो लगाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्