Logo
Logo

नाबालिग बलात्कार आरोप लागेका सन्दीप विदेशबाटै भागे के हुन्छ ?


15.1k
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलिरहेको छन् ।

सीपीएल खेल्न वेस्टइन्डिज पुगेकै बेला सन्दीपलाई नाबालिग बलात्कारको आरोप लाग्यो । उनीविरुद्ध प्रहरीमा जाहेरी समेत पर्यो । सन्दीपले काठमाडौं र नगरकोटको होटलमा बारम्बार बलात्कार गरेको आरोपसहित एक नाबालिगले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले काठमाडौं र नगरकोटको होटलमा सन्दीप र ति नाबालिग होटलमा पुगेको र त्यहाँ बसेको प्रमाण भेटिसकेको छ । तर, बलात्कारको आरोप लागेका सन्दीप भने देश बाहिर छ ।

सीपीएल खेलिरहेका सन्दीपले आरोपको विषयमा केही बोलेका छैनन् । तर, क्यानसँग उनले आफू निर्दोष रहेको भन्दै कानुनी उपचारका लागि सहयोग गर्न अपिल गरेको विषय भने सार्वजनिक भएको छ ।

आफू निर्दोष रहेको भन्दै कानुनी उपचारमा सहयोग गर्न क्यानलाई अपिल गरेका सन्दीपले खेल सकिएपछि फर्कने बताएको क्यान स्रोतले बताएका छ । तर, उनी आफैले भने यस विषयमा केही बोलेका छैनन् ।

बलात्कार जस्तो संगीन आरोप लाग्दा समेत केही नबोलेका कारण उनी  वेस्टइन्डिजबाटै भाग्ने त होइनन् ? भन्ने जनमानसमा आशंका समेत उब्जेको छ ।  सन्दीप विदेशमै भाग्लान् कि भन्ने जनमानसमा आशंका रहेतापनि त्यो त्यति सजिलो भने छैन ।


सन्दीप नेपाल वेस्टइण्डिजबाटै अन्य देश भाग्न सक्ने जोखिम देखिएमा प्रहरीले नेपालमा रहेको इन्टरपोलको शाखा मार्फत अदालतको पक्राउ आदेशको आधारमा ‘डिफ्युजन नोटिस’ जारी गराउन प्रक्रिया सुरु गर्न सक्छ । डिफ्युजन नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्रमध्ये जुन देश भागे पनि उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउन सक्छन् ।

इन्टरपोलका सदस्य राष्ट्रहरूले लागूऔषध, अवैध हतियार, मानव बेचबिखन र महिला तथा बालबालिका विरुद्धको हिंसामा कडा नीति लिने गरेका छन् । कथङ्कदाचित् सन्दीप उतैबाट भागे डिफ्युजन नोटिस जारी गराएर सहजै नेपाल ल्याउन सकिन्छ ।

जनमानसमा सन्दीप उतैबाट भाग्ने पो होकि भन्ने आशंका उब्जे पनि उनले क्यानमार्फत खेल सकेर स्वदेश फर्कने बताइसकेकाले उनी नेपाल आएर आफूविरुद्धको अभियोग कानुनी रुपमा सामना गर्ने तयारीमा रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्