Logo
Logo

सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी, विमानस्थलबाटै पक्राउ गर्ने तयारी


5.5k
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सन्दीपविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि जिल्ला अदालत, काठमाडौँले सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । 

नाबालिगको जाहेरीपछि अनुसन्धानमा खटेको प्रहरीले थप अनुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

सन्दीप हाल वेस्टइण्डिजमा क्योवियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान)लाई आफू निर्दोष रहेको भन्दै कानुनी उपचारमा सहयोग गर्न अपिल गरेका छन् । उनले सीपीएलको खेल सकिने बित्तिकै नेपाल फर्कने भनेका छन् ।

अदालतले सन्दीपलाई पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जहाँ र जस्तोसुकै अवस्थामा पनि पक्राउ गर्न सक्छ । प्रहरी स्रोतका अनुसार सन्दीप स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्