Logo
Logo

कहाँ हराए सर्वेन्द्र खनाल ?


329.2k
Shares

काठमाडौं । राजीनामा लगत्तै राजनीतिक दलसँग सम्बन्ध बढाएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल आजभोलि गुमनाम छन् । 

अवकाशको केही महिनापछि सांसद अपहरण विवादमा मुछिएका उनी राजनीतिमा सक्रिय हुने प्रयासमा लागेका थिए । महेश बस्नेत लगायतसँगको निकटताका आधारमा उनी एमाले प्रवेश गर्ने बताइएको थियो । 

गृहजिल्ला तनहुँबाट चुनाव लड्ने गरी उनले तयारी पनि गरेका थिए । तर, अहिलेसम्म उनी एमाले प्रवेश गरेका छैनन् । एमालेबाट सम्मानजनक प्रस्ताव नआएपछि प्रवेश नगरेको बताइन्छ । 

पछि ज्ञानेन्द्र शाहीलगायत समूहसँग समेत उनी मिलेका थिए । त्यसमा पनि सन्तुष्ट नभएपछि उनले छुट्टै दल खोल्ने अभियान थालेर निकटस्थसँग छलफल गरेका थिए । 

अमेरिकामा रहेका साथीहरूलाई आर्थिक सहयोगका लागीसमेत कुरा गरेका थिए । तर, अहिले उनी त्यसमा पनि सक्रिय छैनन् । आसन्न निर्वाचन लड्ने उनको योजना नभएको बताइन्छ । हाल उनी पारिवारिक भ्रमणमा अमेरिका रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्