Logo
Logo

सन्दीपलाई विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी


7.7k
Shares

फाइल फाेटाे

काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थल ओर्लने बित्तिकै पक्राउने गर्ने भएको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीप स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने बित्तिकै पक्राउ गर्न प्रहरीले तयारी गरेको बुझिएको छ ।

एक नाबालिग किशोरीले सन्दीपबाट बारम्बार बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानकै क्रममा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइसकेको छ ।

अदालतले अनुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न अनुमति दिएसँगै सन्दीपको नाममा पक्राउ पूर्जी जारी भइसकेको छ । अब प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गरेर  अनुसन्धान गर्न सक्छ ।

सन्दीप कहिले स्वदेश फर्कन्छन् भन्ने टुंगो छैन । उनले आफू निर्दोष रहेको भन्दै क्यानसँग कानुनी लडाइँका लागि सहयोग गर्न अनुरोध गरिसकेका छन् । उनले क्यानसँग लिग सकेर स्वदेश फर्कने प्रतिवद्धता जनाएका छन् ।

सन्दीप जुनसुकै बेला स्वदेश आउन सक्ने र विमानस्थल ओर्लेपछि भाग्न सक्ने आशङ्कामा प्रहरीले विमानस्थलमा आन्तरिक सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्