Logo
Logo

राहदानीबाट मात्रै एक वर्षमा पाँच करोड राजस्व


567
Shares

कावासोती । पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु पाँच करोड एक लाख ३८ हजार राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

यो अवधिमा सात हजार चारसय पाँच जनाले साधारण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए । भुसालका अनुसार आव २०७७/७८ मा रु दुई करोड ३४ लाख ३५ हजार, आव ०७६/७७ मा रु दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५/७६ मा रु तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व संकलन भएको हो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्