Logo
Logo

दार्चुलामा बाढीले घर बगाउँदा २ जनाको मृत्यु, ४ जना बेपत्ता


567
Shares

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढीले घर बगाउँदा दार्चुलामा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

बाढीले सदरमुकाम खलंगाको बंगाबगडमा दर्जन बढि घर बगाउदा २ जनाकाे मृत्यु भएकाे र एकै परिवारका ४ जना सम्पर्कविहीन भएकाे दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।

बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको उनले बताए । पहिरोमा पुरिएर नौगाडमा २ जनाको ज्यान प्रहरी निरीक्षक मगरले बताए । बाढीको त्रासका कारण मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन्। प्रहरी निरीक्षक मगरका अनुसार राति २ बजेदेखि नै उद्धार भइरहेको छ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। क्षतिको यकिन विवरण पनि संकलन भइरहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्