Logo
Logo

संयुक्त राष्ट्रसंघको विश्व सम्मेलन : आतंकवाद पीडितलाई सहयोग


504
Shares

एजेन्सी । आतंकवाद पीडितहरूलाई सहयोग सुदृढ गर्ने प्रतिबद्धताका साथ न्यूयोर्कस्तथत संयुक्त राष्ट्रसंघको मुख्यालयमा आतंकवाद पीडितहरूको पहिलो संयुक्त राष्ट्रसंघको ग्लोबल कङ्ग्रेस शुक्रबार सम्पन्न भएको छ ।

आतंकवादका पीडितहरूको अधिकार र आवश्यकतालाई अगाडि बढाउँदैू भन्ने विषय रहेको कङ्ग्रेसले आतंकवादको सामना गर्न र हिंसात्मक चरमपन्थलाई रोक्न पीडित(केन्द्रित दृष्टिकोण अपनाउने लक्ष्य राखेको, आयोजक संयुक्त राष्ट्रसंघको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो सम्मेलनमा विश्वका २५ देशका करिब १०० जना आतंकवाद पीडितहरूसहित ६०० भन्दा बढी सहभागीहरू उपस्थित थिए । प्रति आतंकवादका उपमहासचिव भ्लादिमिर भोरोन्कोभले अध्यक्षको सारांशको प्रस्तुतीकरणको साथ कङ्ग्रेस सम्पन्न गरिएको थियो ।

आफ्नो टिप्पणीमा उपमहासचिव भोरोन्कोभले आतंकवादबाट पीडितहरूको अधिकारलाई प्रवर्द्धन गर्न र उनीहरूको आर्थिक, कानुनी, चिकित्सा र मनोसामाजिक आवश्यकताहरूलाई अझ राम्रोसँग समर्थन गर्न तीन पक्षीय दृष्टिकोण आवश्यक रहेको बताउनु भएको थियो ।

अध्यक्षको निष्कर्ष मन्तव्यले सन् २०२३ मा आतंकवादका पीडितहरूको संयुक्त राष्ट्रसंघ कार्यालयमा उपस्थितिको शुरुवातको पनि पूर्वानुमान गर्ने आँकलन गरिएको छ जसले पीडित, पीडित संघहरू र नागरिक समाजका विभिन्न सङ्गठनहरूलाई आतंकवादबाट पीडित र बाँचेकाहरूको अधिकारलाई अगाडि बढाउन एकसाथ ल्याउने विश्वास गरिएको छ ।

ग्लोबल कङ्ग्रेस आतंकवादका पीडितहरूलाई समर्थन गर्न र तिनीहरूको विश्वव्यापी एकतालाई बलियो बनाउनको लागि महत्त्वपूर्ण पहिलो कोसेढुङ्गाको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्