Logo
Logo

कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्दैनौँ : शेखर कोइराला


882
Shares

विराटनर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसले बहुमत ल्याउने गरी १०० वटा प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन् ।

मोरङमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै १०० भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए ।

नेता कोइरालाले भने, ‘मैले १०० सिटमा उम्मेदवारी दिनुपर्छ भनिरहेको छु । सत्ता गठबन्धनका बैठकमा शेरबहादुरजी र हाम्रा साथीहरू धेरै सिट लिन लडिरहनुभएको छ । कांग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्र हामी छाड्दैनौं भनेर प्रचण्डजीलाई पनि भनिसकेको छु ।’

२०७४ मा कांग्रेस एक्लै जितेका क्षेत्र यसपाली छाड्ने हो भने पार्टीभित्र विद्रोह हुन सक्ने आफुले देउवासँग भन्दै आएको उनले बताए । उनले भने, ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’ अबको कांग्रेस नेतृत्वमा बनाउने र गठबन्धनमा रहेका अन्य दलहरूलाई मन्त्रीमा समावेश गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्