Logo
Logo

सर्वोच्चको भवन निर्माणमा भएको भ्रष्टाचारबारे बयानमा चोलेन्द्रले ओली र पौडेललाई मुछे 


53.1k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

राणाले महाभियोग सिफारिस समितिले सोधेको प्रश्नको जवाफ दिने क्रममा सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारमा राणाले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन अर्थमन्त्री पौडेललेको समेत कुनै न कुनै कोणबाट संलग्नता रहेको बताएका हुन् ।

राणाको जवाफ उदृत गर्दै अर्का एक समिति सदस्यले भने, ‘भवन बन्दा प्रधानमन्त्री र अर्थमन्त्री को थिए ? भन्ने सबैलाई थाहा छ । भवन निर्माणका क्रममा प्रधानमन्त्री र अर्थमन्त्रीको भूमिका के थियो भन्ने पनि प्रष्ट छ । भ्रष्टाचारमा उनीहरुको भूमिका के रह्यो भन्ने कुरामा म जाहेर छु । म प्रधानन्यायाधीश थिए तर कार्यालय प्रमुख रजिष्टार हुन्छ ।’

बयानका क्रमममा चोलेन्द्रले आफू प्रधानन्यायाधीश मात्र भएकार र कार्यालय प्रमुख रजिष्टार हुने भन्दै सर्वोच्चको भव निर्वाणका क्रममा भएको भ्रष्टारचारमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिन खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्