Logo
Logo

देउवा र प्रचण्डले राजीनामा दिन आग्रह गरे- चोलेन्द्र


28.2k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै शेरबहादुर देउवा, प्रचण्ड र महालक्ष्मी उपाध्याय डिनाको नाम लिएका छन् । 

जबराले राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै देउवा, प्रचण्ड र डीनाको नाम लिएका छन् । जबराले भनेका छन्, ‘यो फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वजनिक रुपमा ।’

उनले भने, ‘डिनाजीलाई सोधे हुन्छ । उहाँ मकहाँ आउनुभएको हो, यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको हुँ । यसलाई हामी फिर्ता लिइदिन्छौं, तपाईंले मिलाएर राजीनामा दिए हुन्छ ।’

डिना आफ्नै क्वार्टरमा आएको भन्दै जबराले भने, ‘प्रचण्डजीको पनि सहमति, प्रधानमन्त्रीजीसँग पनि बसेर कुरा गरेर आएको हुँ भन्नुहुन्थ्यो ।’ 

प्रतिक्रिया दिनुहोस्