Logo
Logo

गठबन्धनका शीर्ष नेताहरूकाे बैठक आज पनि बस्दै


1.3k
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ आजेका लागि बोलाइएको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा फाँडफाँटको टुंगो लगाउन आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज पुन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ ।

आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन,” आइतबारको बैठकपछि खनालले भने, ‘भोलि बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ। आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौँ।’

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ। सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्