Logo
Logo

चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै


693
Shares

काठमाडों । चीनकाे राष्ट्रिय जनकांग्रस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारीक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण का लागि आज नेपाल आउन लागेको हो । लीसहितको टोली विषेश विमानमार्फत नेपाल आउने तय भएको छ ।

जनकांग्रेस अध्यक्ष ली र सभामुख सापकोटाबीच आजै भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टा-छुट्टै भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्