Logo
Logo

सर्लाहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


315
Shares

सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मिर्चैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले आज बिहान ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए ।

बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए।

ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्