Logo
Logo

सभामुख र चिनियाँ नेताबीच शिष्टाचार भेटवार्ता


756
Shares

काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार दिउँदो नेपाल आइपुगेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

नेपालको चार दिने भ्रमणमा रहेका चान्सु द्विपक्षीय भेटका लागि संसद भवन नयाँ बानेश्वर पुगेका छन्। उनलाई सभामुख सापकोटाले स्वागत गरेका छन् ।

सभामुख सचिवालयका अनुसार संसद भवनको तिलिचो भवनमा सापकोटा र लीबीच भेट भएको छ । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुख सचिवालयले जनाएको छ ।

उक्त भेटमा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान–प्रदानलगायत सम्झौतामा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्