Logo
Logo

सरकारले खोल्यो केराउ, सुपारी र मरिचको आयात


1.2k
Shares

काठमाडौं । सरकारले सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात खुलाएको हो ।

प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’

यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । खासगरी, तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी भएको भन्दै त्यसलाई रोक्ने लक्ष्यसहित सरकारले केराउ, सुपारी र कालो मरिचको आयात रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्