Logo
Logo

मन्त्री यादव सेनेगल प्रस्थान


630
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव सेलेगन प्रस्थान गरेका छन् ।

मन्त्री यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गरेका हुन् ।

उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्