Logo
Logo

फेसबुक र टिकटकले बिग्रिए प्रहरी


59.9k
Shares

काठमाडौं । फेसबुक र टिकटकले प्रहरी बिग्रिएको निष्कर्षसहित प्रहरीमा मोबाइल प्रयोगलाई कडाई गरिएको छ । डिउटीको समयमा त मोबाइल प्रयोग गर्ने प्रहरी कारबाहीमा पर्न थालेका छन् ।

प्रहरी मोबाइलमा फेसबुक र टिकटक हेरेर बस्ने त्यही बेला अपराधीहरु भाग्नेसम्मका घटना देखिएपछि यसमा कडाई सुरु भएको हो । गत ८ भदौमा राजधानीमा यस्तै एउटा घटना भयो । नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे ।

फुर्सदको मौकामा सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदा रमाउँदै कैदी कतिखेर निस्किए उनीहरुले चालै पाएनन् ।

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई डिउटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डर बाहेक अन्यलाई मोबाइल बोक्न रोक लगाइयो । घटनाको सम्बन्धमा एसपी देवेन्द्र पालको नेतृत्वमा छानबिन समिति बन्यो । समितिले पनि मोबाइल प्रयोगमा कडाई गर्न सिफारिस गरेको छ ।

त्यसो त प्रहरी प्रधान कार्यालयले पनि हालै देशभरी यसबारे परिपत्र गरेको छ । कसैले डिउटीको समयमा मोबाइल प्रयोग गरेमा कारबाही हुने चेतावनी दिइएको छ ।

मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग समाजकै लागि एउटै चुनौती बनेको छ । हरेक क्षेत्रमा यो समस्या छ । त्यसकारण प्रहरीमा पनि नहुने कुरा भएन ।

तर, कानुनको कार्यान्वायन गराउने प्रहरी अधिकारी यस्ता लतमा पर्दा अपराधीलाई फाइदा हुने अवस्था छ । यस्तो समस्या नेपालमा मात्र होइन, अन्य देशका सुरक्षा निकायमा पनि छ । धेरै देशमा डिउटीको समयमा प्रहरीलाई मोबाइल बोक्न रोक लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्