Logo
Logo

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु


441
Shares

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ शान्ति चोकमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पिकअपले ठक्कर दिँदा स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार सडक पार गर्दै गरेको अवस्थामा बस्नेतलाई पिकअपले साँझ ७ बजेतिर ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्