Logo
Logo

साफ यु-१७ को उपाधिका लागि नेपाल र भारत भिड्दै


630
Shares

काठमाडौं । साफ यू १७ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे सुरु हुने छ । बंगलादेशलाई २-१ ले हराएर भारतले फाइनल प्रवेश गर्दा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर फाइनल प्रवेश गरेको थियो ।

नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन् । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्