Logo
Logo

सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नती हुन्छौँ : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दीगो विकासको लक्ष्यमा पुग्न ९० बिलियन अमेरिकी डलर लगानी आवशयक हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार नेपाल लगानी बोर्डले आयोजना गरेको ‘दीगो पूर्वाधार लगानी फोरम’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्यसमेत हो’ उनले भने, ‘यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’ प्रधानमन्त्री देउवाले उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म दिगो विकासको लक्ष्य भेट्न सकिने दावी गरे ।

‘नेपालमा पूर्वाधारमा लगानी आवश्यक छ । पूर्वाधारमा लगानी विना रोजगारी सृजना हुन सक्दैन,’ उनले भने, ‘यसका लागि स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले निजी क्षेत्रका लगानीकर्तासँग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा विकासका कार्यक्रम अघि बढाउन सरकार तयार रहेको पनि बताए ।

यस्तै, उनले सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने दावी गरे । प्रधानमन्त्री देउवाले भने, ‘यसले हामीलाई दीर्घकालीन विकासतर्फ लम्कनका लागि सहयोग गर्नेछ ।’ नेपालको पूर्वाधार विकासका लागि लगानी बोर्डले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्