Logo
Logo

झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ


441
Shares

झापा । झापाको भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

भद्रपुर– ५ स्थित मेची पुलबाट २ जनालाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याम्पो चालक बिर्तामोड– २ का ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई–८ का २५ वर्षीय अजय राजवंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ट्याम्पोभित्र लुकाई छिपाई राखिएको १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । त्यस्तै बिर्तामोड– ६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्